कोइली नदीले बगाउँदा दुईजना बेपत्ता

Read Time = 1 min

वाणगङ्गा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् । वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् ।

ADVERTISEMENT

आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज