मंगलामा सरुवा भएर आएका अधिकृत कार्की हाजिर नगरी फिर्ता

Read Time = 4 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फिर्ता हुनु भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुग्नुभएको थियो ।

आवश्यक समन्वयको अभावका कारण उत्पन्न विवादका कारण पालिकाले कार्कीलाई हाजिर नगराएपछि बागलुङ फर्किनुभएको हो ।
साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन पुग्नुभएको कार्कीलाई मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाइएको थियो।

मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको सरुवा भएपनि पत्र प्राप्त भइनसकेको अवस्थामा एक्कासी नयाँ कार्यालय प्रमुख आएपछि समन्वयको अभाव भन्दै हाजिर नगरी फिर्ता गरेको कार्कीको भनाई छ ।

ADVERTISEMENT

‘मैले समन्वय गर्नुपर्ने कारण छैन,मन्त्रालयको दिएको जिम्मेबारी अनुसार पुगेको थिएँ’कार्कीले भन्नुभयो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको थियो । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतको गतिविधिबाट कार्यसम्पादनमा समस्या हुने देखेर सहमतिमै फिर्ता गरेको बताउनु भयो ।

‘मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएको छ, यहाँ हुनुभएका हाकिमलाई समेत सरुवाको पत्र प्राप्त भएको छैन’ अध्यक्ष रोकाले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादनले नै गाउँपालिकाको गतिविधि देखिने भएकाले समन्वयको अभाव महसुस गरेको अध्यक्ष रोकाको भनाई छ । पालिकाभित्रको छोटो छलफलले भविष्यमा थप मनमुटावको संकेत देखिएपछि सरुवा भएर आएका कार्कीले नै लिखित कागज दिन अनुरोध गरेपछि गाउँपालिकाले उपलब्ध गराएको थियो ।
प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । म्याग्दीमै पहिलो स्थानीय तहको निर्वाचनपछि कार्यसम्पादनमा असहज हुने अवस्था देखिएपछि रघुगंगा गाउँपालिकाले समेत एक प्रशासकीय अधिकृतलाई फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?