अन्तर्राष्ट्रिय पचास भाषामा डा.उपाध्यायको विश्व कीर्तिमान

Read Time = 5 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय/खनालले अन्तर्राष्ट्रिय पचास भाषामा गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उहाँलाई हस्तान्तरण गरिएको हो ।

शहरी विकास मन्त्री मेटमणि चौधरीले उहाँलाई उक्त प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ ।
गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अंग्रेजी, रूसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दू, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इण्डोनेसियन, रूमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डिक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हंगेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

खनाल समाजका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, खनाल समाजका रमेशप्रसाद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले डा.उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने भन्दै प्रशंसा गर्नुभएको थियो ।

संगतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक भएको र यसले विश्व कीर्तिमान कायम गरेकोमा निकै हर्षित भएको बताउँदै डा.उपाध्यायले हेरक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताउनुभयो ।

ADVERTISEMENT

प्रमुख अतिथि मन्त्री मेटमणि चौधरीले डा.उपाध्यामा अदभूत क्षमता रहेको र उहाँले कीर्तिमान कायम गर्दै जानुभएको बताउनुभयो । उहाँले अब डा.उपाध्यायको अदभूत क्षमता सबैको खोजको विषय भएको र उहाँमा रहेको क्षमताको उचित सम्मान र कदर गर्नुपर्ने बताउनुभयो । यस्तै गीतका रचनाकार डा.उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गर्नुभयो ।

सो अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा.उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । यसअघि गीतसंगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायको विश्व कीर्तिमानको संख्या ११० पुगेको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको समारोहमा सञ्चारकर्मीहरू र गीतसंगीतका विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा.उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा.उपाध्यायका २८ एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँको नयाँ उपन्यास ‘कसुर’ छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?