पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित, अर्को बैठक आज बेलुकी चार बजे बस्ने (भिडियोसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज विहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।

‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भन्नुभयो, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

नेपाल प्रहरीको फरेनसिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उहाँले जानकारी दिनुभयो । सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।

‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भन्नुभयो ।

आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाउनुभयो ।

ADVERTISEMENT

केही दिनअघि समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं,’ अर्यालले भन्नुभयो ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उहाँले राजीनामा दिनुभएको थियो भने प्रतिनिधि सभाले उहाँमाथि छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।

https://youtu.be/5IbUV3TKwLE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज