गण्डकी प्रदेशद्वारा वृत्ति परामर्श तथा रोजगार मेला

Read Time = 3 mins

पोखरा । गण्डकी प्रदेश शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्रालयले वृत्ति परामर्श तथा रोजगार मेला पोखरामा आयोजना गरेको छ । तीनदिने मेलामा हजारौं विद्यार्थी तथा अवलोकनकर्ताको सहभागिता थियो । गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको पहलमा आयोजित मेला साउन ६ गतेदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको थियो । मेला गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी तथा शिक्षकले अवलोकन गरेका थिए । मेलामा मन्त्री श्रेष्ठ आफैं सहभागी भएर दैनिकजसो विद्यार्थीलाई मेला तथा रोजगारका विभिन्न पक्षमा परामर्श दिनुभएको थियो ।

मेलामा सहभागी विद्यार्थीबाट टिइएमआएस नामक एपमार्फत् सीप तथा रोजगार अवस्थाबारेमा तथ्यांक संकलन गरिएको छ । सहभागीलाई फारम भराएर उनीहरूको सीपको अवस्थाबारेमा पनि तथ्यांक संकलन गरिएको थियो । मेलामा सहभागीहरूलाई सिटिइभिटी तथा अन्य संस्थाले सीप तथा रोजगारबारेमा परामर्श प्रदान गरेका थिए । समापन कार्यक्रममा मन्त्री श्रेष्ठले मेलाले गण्डकी प्रदेशभित्र सीप सिकेका, नसिकेका, सीप सिकेर पनि प्रमाणीकरण नभएका तथा पूर्ण बेरोजगारलगायत विभिन्न खालका जनशक्तिको पहिचान गरी वृत्ति विकास तथा रोजगारीको उपयुक्त बाटो देखाउने काम गरेको बताउनुभयो ।

ADVERTISEMENT

भौतिक योजनामन्त्री कुमार खड्काले शिक्षालाई व्यावहारिक तथा जीवनोपयोगी बनाउँदै उत्पादन र काममा जोड्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले मेला एसइइ तथा प्लस टु सकेर अलमलिएका तथा रोजगार नपाएर भौंतारिरहेका युवाका लागि निकै उपयोगी भएको बताउनुभयो । प्रदेश शिक्षा मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले मेला सोचेभन्दा धेरै राम्रो भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?