जनकपुरमा दिनदहाडै दुई लाख रुपैयाँ लुटियो

Read Time = 1 min

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ । सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको प्रहरीले जनाएको हो ।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर उनी घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै लुटिएकी हुन् ।
उनको झोलामा दुई लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?