सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी (भिडियाे)

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी भएको छ ।

कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा ‘नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं’ भन्दै नारावाजी भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नारा लगाएर विरोधमा उत्रिएका थिए ।

ADVERTISEMENT

उनलाई साथ दिँदै केही युवाले नारावाजी गर्न थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।

नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन ।

https://youtu.be/p3Y02slup1Q

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?