सिंगो युरोप गर्मीको चपेटामा

Read Time = 3 mins

लण्डन । युरोपमा गर्मीको लहर बढेको छ । जलवायु परिवर्तनका कारण सिंगो युरोप गर्मीको चपेटामा परेको हो । युरोपमा तापक्रम अत्याधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । साथै युरोपका विभिन्न जंगलमा अहिले आगलागी भइरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायत देशहरू चर्को तातोसँग लडिरहेका छन् । जंगलमा लागेको आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक हेलिकोप्टर र सयौं जनशक्ति परिचालन गरिएको छ । उत्तरी पोर्चुगलमा आगो निभाउने क्रममा एकजना पाइलटको समेत निधन भएको छ । यहाँको तापक्रम पनि अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने दिशामा अघि बढेको छ ।

स्पेनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथिको विन्दुमा पुगेको छ । जसको कारण पछिल्लो समयसम्म कम्तीमा ३६० जनाको मृत्यु भएको छ । शुक्रबारमात्र स्पेनको केही क्षेत्रमा तापक्रम बढेर ४५ डिग्री पुगेको छ । सो क्रममा १२३ जनाको मृत्यु भएको थियो ।

ADVERTISEMENT

छिमेकी मुलुक पोर्चुगलमा पनि जुलाई ७ देखि १३ को बीचमा २३८ जनाको मृत्यु भएको थियो । मृत्युदर बढ्नुका कारण अत्यधिक तापक्रम रहेको बताइएको छ । मृत्यु हुनेमध्ये धेरैजसोमा वृद्ध उमेरको कारण कमजोरी वा अन्य समस्या पनि रहेका बिरामी छन् । लामो समयदेखिको खडेरी र बढ्दो तापक्रमका कारण विशेषगरी पोर्चुगल र स्पेनमा आगलागीको घटना बढेको छ । एजेन्सी ।

युके महानगर कार्यालयले सार्वजनिक यातायात प्रयोग गर्दा ध्यान पुर्‍याउन र गर्मीबाट हुनसक्ने आकस्मिक क्षतिप्रति सचेत रहन भनेको छ । अहिले ३८ डिग्री रहेको तापक्रम आगामी साता अझै बढ्ने भएकाले सरकारले यात्रा, सार्वजनिक यातायातको प्रयोग र शपिङ वा मनोरञ्जनका गतिविधिमा नियन्त्रणको प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?