जुम्लाका किसानलाई गोठालो भत्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।

स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र १४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हा े। एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ना उनीहरूलाई प्रोत्साहनस्वरूप गोठालो भत्ता दिने गरेको छ ।’

भेडापालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख महतले बताउनुभयो । उहाँका अनुसार ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो । यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

ADVERTISEMENT

रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?