कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ का कृषकहरू किराले तरकारी तथा बालीहरू नष्ट गरि दिएपछि चिन्तित थिए । जब नगरपालिकाले गाउँमै पुगेर बाली शिविर संचालन गर्याे, तब उनीहरू चिन्ता मुक्त भए । गलकोट नगरपालिकाले कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर संचालन थालेपछि यहाँका कृषकलाई ठूलो राहत मिलेको छ । शिविरमा कृषकको समस्या बुझ्ने, आवश्यक परामर्श दिने तथा बालीमा लागेको रोग पत्ता लगाउने र आवश्यक उपचार हुने गरेको कृषक बताउँछन् ।

गलकोट नगरपालिका–१ दुदिलाभाटीका किसान हिराबहादुर काउचा बारीमा लगाएको तरकारी, सुन्तला, कागती लगायतको फलफूलकोे फल झर्ने, बोटका मुन्टा सुक्ने लगायतको समस्याले हैरान भएका थिए । नगरपालिका तथा कृषि ज्ञान केन्द्रले गाउँमै कृषि प्राविधिक पठाएर बाली शिविर संचान गरेपछि आफू जस्ता किसानलाई राहत पुगेको काउचा बताउनुहुन्छ ।

गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझाव अनुसार किसानले बाली तथा तरकारी संरक्षण गर्न सफल भएको उहाँको भनाइ छ ।

‘बारीमा लगाएको तरकारी फलफूल सबै मरे, भर्खर फूल खेलेर फल हाल्न लागेका फलफूलको फल झर्ने थालेपछि हामीलाई निकै चिन्ता लागेको थियो, फलहरू सबै भुँइमा देख्दा मन उम्लिन्थ्यो,’ काउचाले भन्नुभयो, ‘नगरपालिकाले गाउँमै बाली उपचार शिविर सञ्चालन भएपछि ठूलो नोक्सानीबाट जोगिएको छ, प्राबिधिकहरूले बाली र फलफूलको परीक्षण गरि आवश्यक सुझाव दिनुभयो, जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपाय पनि सिकाउनुभयो, अब यो समस्या समाधान हुने अपेक्षा लिएका छौँ ।’

ADVERTISEMENT

स्थानीय तहले गाउँमै कृषि प्राविधिक पुगेर बालीमा लागेको रोगका बारेमा जाँचबुझ गरी उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी दिएको गलकोट नगरपालिकाकी कृषि प्राविधिक रमा शर्माले बताउनुभयो । उहाँले कृषकहरूले प्राबिधिकले सुझाए अनुसार रोग तथा किरा नियन्त्रणका लागि औषधि तथा अन्य विधि अपनाउने शर्माले बताउनुभयो ।

नगरपालिकाले वडा नम्बर ५ हरिचौर र वडा नम्बर २ दुदिलाभाटीमा शिविर गरिएको थियो । दुदिलाभाटीमा २५ जना कृषकहरूले आफ्नो तरकारी र फलफूल खेतीमा लागेको रोगकको बारेमा जानकारी गराएर समाधानको उपायको बारेमा खोजी गरेका थिए ।

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषकको समस्या बुझ्ने गुनासो सुन्ने र उनीहरूको समस्या समाधानका लागि शिविर संचालन गरेको को आयोजनामा जिल्लाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका कृषकलाई प्राबिधिकहरूको मसस्या हुने हुँदा धेरै समस्या भोग्नु परेको बताउनुभयो ।

‘बागलुङको अधिकांश खेति ग्रामीण क्षेत्रमै हुन्छ, त्यहाँ प्राबिधिकको उपलब्धता छैन, कृषकहरूले रहेक वर्ष विभिन्न समस्या भोग्दै आउनु परेको छ, उनीहरूको समस्या समाधानका लागि हामी गाउँमै पुगेर बाली उपचार शिविर गरि रहेका छौँ,’ प्रमुख भट्टराईले भन्नुभयो ‘शिविरले कृषकलाई धेरै राहत मिलेको छ, उनीहरू निकै उत्साहित समेत बनेका छन् ।’

ज्ञान केन्द्रले यस वर्षमा जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरि सकेको उहाँको भनाइ छ । कृषकका समस्या समाधानका लागि विभिन्न कार्यक्रमसमेत संचालन गरिरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?