गभर्नरलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्री समक्ष वाईसीयलको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गभर्नर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी एम अधिकारीको नामबाट नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत रहेको समाचारहरू सार्वजनिक भएको छ । वाईसीएलले भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गभर्नर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्था मात्रै छैन, दफा २२ (५) बहालवाला गभर्नर राजनीतिक दलमा आवद्ध भए स्वतः पदमुक्त हुने व्यवस्थासमेत छ, तसर्थ गभर्नर अधिकारीलाई यथाशीघ्र पदमुक्त गरी छानबिनको दायरामा ल्याउन अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका सम्मानीय प्रधानमन्त्रीसमक्ष जोडदार माग गर्दछौं ।’

ADVERTISEMENT

अधिकारी यसअघि पनि २०७३ सालमा एमालेको केन्द्रीय आयोगमा मनोनित भएको आधिकारिक प्रमाण सार्वजनिक भईसकेका कारण एम अधिकारी भन्ने महाप्रसाद अधिकार नै भएको थप प्रमाणित भएको वाईसीएलको दावी छ । ‘नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य देउकाजी गुरुङले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै हुन, राष्ट्र बैंकका गर्भनर हामीसँगै विभागको मिटिङमा बस्ने गर्नु भएको भन्नुले यस अभियोगको थप पुष्टी हुन्छ’ वाईसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

सो संगठन अर्थतन्त्रका सूचक नकारात्मक भएको भन्दै नेपाल प्रहरीलाई हतियार खरिदको प्रक्रिया रोक्न तथा संबैधानिक परिषद्मा बहुमतका आधारमा निर्णय लिने व्यवस्था नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?