उपसभामुखमा विद्या भट्टराईको पनि उम्मेदवारी, कांग्रेसकी पुष्पा र एमालेकी विद्याबीच प्रतिस्पर्धा हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ‌‌ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय थियो । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?