काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा आचार्यको शालिकमा माल्यापर्ण गर्नुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो ।
१८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीको कोखवाट उहाँको जन्म भएको थियो ।











