राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडी बढेको छ : सांसद नवराज सिलवाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै बिरोध जनाएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाउनु भयो । सिलवालले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताउनु भयो ।

उहाँले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडी बढाइएको बताउनु भयो । उहाँले हतियारको कमिशन तीन सय प्रतिशत सम्म बढाएर रकमान्तर गरिएको बताउनु भयो । उहाँले भन्नुभयो - ‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल हाल्ने र अख्तियार लगाएर कठघरामा ल्याउने ढंगले प्रपञ्चका साथ हतियार किन्ने रणनीति अगाडी बढेको छ । यसको हामी घोर भर्त्सना गर्न चाहन्छौँ ।

ADVERTISEMENT

नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक चाहिएको छ । नेपाल प्रहरीलाई अहिले प्रविधि चाहिएको छ । अहिले जिडिटल क्राइमहरु बढेका छन् । अर्गनाइज क्राइमहरु बढेका छन् । उसलाई अनुसन्धानमा योग्य बनाउनु पर्‍याे । नेपाल प्रहरीलाई हतियार होइन प्रविधि चाहिएको छ ।

गठबन्धनमा बसेका साथीहरुलाई पैसा चाहिएको छ । यहाँ कमिशन चाहिएको छ । कमिशन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्रलाई तहसनहस गर्ने गरी ८४ करोडको हतियार किन्ने योजना आएको छ यो राष्ट्रघात हो । हतियारको कमिशन दुई सय, तीन सय प्रतिशतसम्म बढाएर, कोटा बढाएर देशलाई लुट्ने, राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडी बढेको छ । यो धोका हो । मुलुकप्रतिको राष्ट्रघात हो ।’

उहाँले हाल नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको बताउनु भयो । प्रहरीलाई प्रविधि भित्राएर अनुसन्धान योग्य बनाउनुपर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?