निता र हरिहर विवाह बन्धनमा

Read Time = 1 min

काठमाडौं । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । चारवर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गर्नुभएको हो ।

ADVERTISEMENT

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइको सहभागिता थियो । दुई दिनअघि निता र हरिहरले मेहन्दीको रसम गर्नुभएको थियो । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी हुनुभएको थियो । निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्नुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?