हत्या अभियोगमा एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिन्धुली । कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेकी छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *