पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना प्रहरी नियन्त्रणमा

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका-५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खोजेका थिए ।

प्रहरी निरीक्षक दिपक मल्लका अनुुसार जर्मन नागरिक ३८ वर्षका मेटियर्स इक्मालाई हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरुले शनिवार दिउसो तीन बजे लुटपाट गरेको उजुुरीको आधारमा नियन्त्रणमा लिएको बताउनुुभयो ।

ADVERTISEMENT

उहाँले पर्यटकलाई लुटपाट गर्ने कामदारहरुमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय बिष्ट रहेकाे बताउनुभयाे  । दाङ जिल्लाको घोराही र तुलसीपरका स्थायी बासिन्दा उनीहरु सबै १७ देखि १९ वर्ष उमेर समुहका छन् ।

नियन्त्रणमा लिएका सातै जनाले प्रहरीलाई दिएको बयान अनुुसार पर्यटक एक्लै भएकोले पैसा होला भनेर शरिर तथा झोला खोजतलास गरेको बताएका छन । प्रहरी नियन्त्रणमा रहेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *