-विजय रावत
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । चट्याङबाट करिब ३ सय भेडा हराएका छन् ।
पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरी कामीले जानकारी दिनुभयो ।
अप्ठ्यारो भीर भएकाले खोजतलास गर्ने कठिनाइ भएको छ । सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लिचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, राम बहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लिचौरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच