‘मेरो कलिलो मन’ लिएर आए आयुष्मान

Read Time = 5 mins

काठमाडौं । गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के।सीको विशेष आतिथ्यता थियो ।

विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म।वि।विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी ‘’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो ।

गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि कुमार बस्नेतले मन्तव्यको क्रममा कलिलो उमेरमा नै गीति एल्वम सार्वजनिक गरेकामा गायक आयुष्मान विष्टको प्रशंसा गर्दै आगामी साङ्गीतिक यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । यस्तै बरिष्ठ गायिका तारा थापा, बरिष्ठ सङ्गीतकार राजु सिंह तथा लोकप्रिय नायक भुवन के।सीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले एल्वमको सफलताको कामनासहित गायक आयुष्मान विष्टको उज्जवल साङ्गीतिक यात्राको लागि बधाई तथा शुभकामना दिनुभएको थियो । आमन्त्रित अतिथिहरूलाई गीतकार मोहित मर्दन थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गीति एल्वम ‘कलिलो मनमा’ प्रभुराज ढकाल, सञ्जिव सिह, मदन सिह, ज्योतिचन्द्र शाह, वसन्त सापकोटा, सुनिल सिह, मनराजा नकर्मीको सङ्गीत रहेको छ भने जगत मर्दन थापा, सञ्जिव सिह, मोहित मर्दन थापा र कुशल कुमारको शब्द छ ।

ADVERTISEMENT

विशाल बिष्टको प्रस्तुति तथा पुष्पाञ्जली थापा बिष्टको निर्माण रहेको गीति एल्वम ‘कलिलो मन’को बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनी प्रा।लि।ले गरेको छ ।

मनोहर सुनामको सङ्गीत संयोजनमा सम्पन्न प्रत्यक्ष गायन कार्यक्रममा कि वोर्डमा सुनिल सिंह, अक्टो प्याडमा तेजकुमार श्रेष्ठ, बाँसुरीमा गोपालदेव घतानी, लिड गीतारमा ज्योतिचन्द्र शाह, ऋदम लिड गीतारमा अनिष मानन्धर, वेस गीतारमा सन्दीप गुरुङ, गीतार ऋदममा आकांक्षा थापा र साउण्डमा अनुपम शर्माको साथ रहेको थियो ।

यो भन्दा अगाडी ‘पोख्रेली कान्छी’ बोलको गीतमार्फत चर्चा बटुल्नुभएका आयुष्मानले शुक्रबार उक्त गीत प्रत्यक्ष गाउँदा दर्शक दीर्घाबाट ‘वान्स मोर’ गुञ्जिएको थियो ।

नवगायक आयुष्मान बिष्टको जन्म वि.स. २०६१ साल मंसिर १७ गते आमा पुष्पाञ्जलि थापा बिष्ट तथा वुवा विशाल बिष्टको सुपुत्रको रुपमा भएको थियो । जेम्स स्कुलबाट एस.ई.ई. तथा आइडियल मोडेल स्कुल धोविघाट बाट प्लस टु उत्तीर्ण गर्नुभएका आयुष्मानले आफ्नो मन्तव्यको क्रममा हजुरबुवा जगतमर्दन थापाको आशिर्वादलाई आत्मसात गर्दै आफू निरन्तर रुपमा साङ्गीतिक यात्रामा यात्रारत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको समारोहमा गीत सङ्गीतका स्रष्टा तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?