अमेरिकी अभिनेत्री मेरीको निधन

Read Time = 1 min

एजेन्सी । पपुलर अमेरिकी अभिनेत्री मेरी माराको ६१ वर्षको उमेरमा निधन भएको छ । मेरीको नदीमा डुबेर निधन भएको हो । उहाँको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ ।

पुलिस अधिकारीका अनुसार उहाँको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उहाँ पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान छ ।

ADVERTISEMENT

थियटरबाट चलचित्र अभिनय सुरु गर्नुभएकी अभिनेत्री मेरीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गर्नुभएको थियो । त्यसपछि थुप्रै चलचित्रमा अभिनय गर्नुभएकी मेरीले टिभीमा पनि पहिचान बनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?