भोजपुरमा एकाउन्न प्रतिशत रोपाई सकियाे, प्रदेश १ मा करिव अठार प्रतिशत मात्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

- निरोज कोइराला

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा एकाउन्न प्रतिशत रोपााई सकिएको छ भने प्रदेश नम्वर १ मा करिव १८ प्रतिशत मात्र रोपाई भएको छ । असार १५ मा धान दिवस मनाई रहदाँ प्रदेश १ मा गत बर्ष भन्दा कम रोपाई भएको हो । गत बर्ष यो समयसम्म २५ प्रतिशत बढी रोपाई भएको थियो ।

मध्यपहाडी जिल्लाहरु मध्ये सवै भन्दा बढी भोजपुरमा ५१ प्रतिशत रोपाई भएको छ भने ओखलुढुङ्गामा १९, धनकुटामा १६, तेह्रथुममा १८, उदयपुरमा १५, खोटाङमा २६, पाँचथरमा १५ र इलाममा २३ प्रतिशत रोपाई सकिएको कृषि बिकास निर्देशनालय प्रदेश नम्वर १ बिराटनगरले जनाएको छ । तराईका जिल्लामध्ये झापामा १८, मोरङ र सुनसरीमा १०÷१० प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ ।

ADVERTISEMENT

उच्च पहाडी जिल्लाहरु ताप्लेजुङमा १९, संखुवासभा ११ र सोलुखुम्बुमा ३७ दशमलव १२ प्रतिशत रोपाई भएको छ । प्रदेश नम्वर १ मा कुल खेतीयोग्य क्षेत्रफल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर मध्ये हालसम्म १७ दशमलब ९९ प्रतिशत मात्र रोपाई भएको कृषि बिकास निर्देशनालय प्रदेश नम्वर १ बिराटनगरको बिवरणमा उल्लेख गरिएको छ ।

कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार २४ हजार एक सय १३ हेक्टरमा धान रोपाई हुने उच्चपहाडमा हालसम्म तीन हजार सात सय ४९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । जुन १५ दशमलव ५५ प्रतिशत क्षेत्रफल हो । यस्तै मध्यपहाडमा अहिलेसम्म २६ दशमलव १९ प्रतिशत रोपाइँ भएको छ । यहाँ ९० हजार नौ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिँदै आएकोमा हालसम्म २३ हजार ८ सय ९ दशमलव १९ प्रतिशत हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ ।

तराईका जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर कुल क्षेत्रफल मध्ये हालसम्म ३३ हजार सात सय ४५ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ यो १५ प्रतिशत मात्र हो । धान रोपाईका लागि प्रर्याप्त पानीको ब्यवस्था हुन नसक्दा धान रोपाईमा ढिलाई हुन गएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?