लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्, फेसबुकमा लेखेकी थिइन् ‘सुसाइड नोट’

Read Time = 2 mins

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृता फेला पर्नुभएको छ । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आउनुभएकी सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उहाँ शनिबार बिहान मृत भेटिनुभएको हो ।

उहाँको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । श्रीमान्सँग सम्बन्धविच्छेदपश्चात उहाँ केही वर्षयता एक्लै बस्दै आउनुभएको थियो ।

ADVERTISEMENT

गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेख्नुभएको थियो । सुनार लाइभ दोहोरी गायनमा बढी सक्रिय हुनुहुन्थ्यो । उहाँ केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित हुनुभएको थियो ।

उहाँका एक छोरा हुनुहुन्छ । जो सुर्खेतमै बस्दै आउनुभएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?