काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका-९, शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै रुपन्देही जिल्ला कञ्चन गाउँपालिका-१, बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts