बारा । अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका-१ बाट अपहरण गरी भारतको लुधियाना पुर्याएका थिए ।
लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका-५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts