बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।
घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिनुभयो । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उहाँले बताउनुभयो ।
आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले जानकारी दिनुभयो । घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्धक्कसँग सुनका गहना खोजेर लगेको खरेलले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts