काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्नुभएको छ ।
राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उहाँले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उहाँले बताउनु भयो ।

















