निरुको दुई कृति लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सर्जक निरु न्यौपानेको दुई कृति एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजित कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्वीर’ लोकार्पण गरियो ।

कार्यक्रममा प्रा.डा.सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देललगायत उपस्थित हुनुहुन्थ्यो ।

ADVERTISEMENT

उपन्यासमा महिला सम्वेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको वक्ताहरूको भनाई थियो । कार्यक्रममा सर्जक निरू न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले आफू सानैबाट लेख्ने भए पनि अरूलाई नसुनाउने र नदेखाउने व्यक्त गर्नुभयो । कार्यक्रममा पेशलकुमार ढकालको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । गीत लेख्नेकाम निरुले नै गर्नुभएको हो भने स्वर राज सिग्देलको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?