‘हेल्लो जिन्दगी’ लाई गान्तोकमा अवार्ड

Read Time = 3 mins

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको छ ।

१६औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधाअन्तर्गत अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिनुभएको छ ।

रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रूपमा हुँदै आइरहेको फेस्टिभलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुशी लागेको प्रतिक्रिया युके निवासी अभिनेता तथा निर्माता विक्रम डी जोशीको छ । ‘आफ्नो मिहिनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउँदा हर्षित छु,’ जोशीले भन्नुभएको छ, ‘आगामी दिनमा अझ सुन्दर फिल्म अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको छ ।’

ADVERTISEMENT

गत चैत १८ गते देशभर प्रदर्शन भएको चलचित्रमा विक्रम डी जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयं प्रमुख भूमिकामा हुनुहुन्छ ।

युके तथा नेपालमा खिचिएको चलचित्रको निर्माता विक्रम डी जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ हुनुहुन्छ । निर्देशक बोहराकै कथा, पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र स्वदेशपछि अब विदेशमा प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?