गुल्मीदरबार गाउँपालिकालाई शिक्षामा उच्च प्राथमिकता दिन सरोकारवालाहरुको सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

रमेश विश्वकर्मा / गुल्मी ।

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकालाई शिक्षामा उच्च प्राथमिकता दिई आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सरोकारवालाहरुले गाउँपालिकालाई भौतिक पूर्वाधार खडा गरिनु मात्रै विकास नभएकाले गुणस्तरिय र सीपयुक्त शिक्षा दिने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

उनीहरुले गुणस्तरिय शिक्षा दिनका भौतिक संरचनाको कुनै तुक नभएको तर्क गरेका हुन् । नेपाली काँग्रेस गुल्मीदरबार गाउँपालिका सभापति प्रेम पुनले बसाईसराई रोक्ने पहिलो आधार शिक्षा भएको बताउनुभयो । अहिले गुणस्तरिय शिक्षाको अभावमा पालिका बाहिर राम्रो विद्यालय र अवसरको खोजी गर्दै अभिभावकहरु बाहिरीने क्रम देखिएकाले यसलाई रोक्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले एक वडा एक होमस्टे अवधारणा सिर्जना गरी थुप्रै पर्यटकहरुलाई गाउँपालिकामा भित्र्याउन सकिने बताउनुभयो ।

नेकपा एमालेका पालिका अध्यक्ष कृष्ण खनालले टुक्रे बजेट नल्याउन सुझाव दिनुभयो । एक लाख सम्मका योजनाहरुलाई वडा बाटै भुक्तानीको व्यवस्था मिलाउन सुझाव दिनुभयो । महिला स्वयम्सेविका लीला थापाले आफुहरुलाई वर्षको एकपटक अवलोकन भम्रणको व्यवस्था मिलाईदिन यातायात, सञ्चार खर्च र स्वास्थ्य बीमाको निःशुल्क व्यवस्था मिलाईदिन सुझाव दिनुभयो । स्वास्थ्यकर्मी दिलबहादुर रजालीले पद र दर्जा अनुसारको स्वास्थ्य कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्य आमा समुहको बैठकमा खाजा भत्ताको स्वास्थ्य चौकीबाटै व्यवस्थापनका निम्ती नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै, स्थानीय पुनाराम ज्ञवालीले लघुवित्तबाट गाउँपालिकाका महिलाहरुको उठिबास लागेको भन्दै यसप्रति गम्भिर बन्न आग्रह गर्नुभयो । लघुवित्तहरुले ऋण प्रवाहपछि अत्याधिक ब्याज लिंदै महिलाहरुलाई ऋण तिर्न दबाव दिने लगायतका गतिविधि गरेको भन्दै यसलाई व्यवस्थित गर्न ठोस कार्यक्रम नै ल्याउन सुझाव दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको हालसम्मका प्रगति बारे जानकारी गराउनुभयो । उहाँका अनुसार सबै वडाहरुमा स्वास्थ्य संस्थाहरु निर्माण भैसकेका र केहि निर्माणको अन्तिम चरणमा रहेका छन् । गाउँपालिकाका सबै वडाहरुमा शुद्ध खानेपानीका लागि ठुला र साना गरी विभिन्न खानेपानी योजनाहरु सम्पन्न भैसकेका र खरका छानामुक्त घोषणा गर्ने अभियान सञ्चालन भैरहेको उहाँले बताउनुभयो ।

उहाँले गाउँपालिकाको पहिचान सहितको लागो निर्माण गरिएको, जिन्सी व्यवस्थापन सफ्टवयरको व्यवस्था गरिएको, कार्य सम्पादन सम्झौता गरिएको, कर्मचारीको मासिक कार्य सम्पादन मूल्याङ्कन गर्ने गरिएको, सहायता कक्षको सञ्चालन गरिएको, अनलाइन राजस्व संकलन प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै, जनतासँग गाउँपालिका रेडियो कार्यक्रमको सुरुवात गरिएको, गर्भवती महिलाको स्वास्थ्यमा ख्याल गर्दै कस्तो छ ? आमा कार्यक्रम सञ्चालन गरिएको लगायतका दर्जनौं कार्यप्रगति प्रस्तुत गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आगामी दिनमा अनुगमनलाई चुस्त बनाउने, राजस्वको दर नभई दायरा फराकिलो बनाउने गरी अघि बढ्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सीमित स्रोत र साधनका बाबजुद गाउँपालिका थुप्रै उदाहरणीय कार्य गरेको दाबी गर्नुभयो । “जनताका असीमित आवश्यकता छन्,” उहाँले भन्नुभयो, “हामीसँग सीमित स्रोत र साधन छन् ।” गाउँपालिकामा स्वस्थ जनशक्ति उत्पादन नभएसम्म करोडौं बजेटमा ठिङ्ग उभिएका भौतिक संरचनाले अर्थ नराख्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?