जिसस रुपन्देहीमा गठबन्धनको प्यानल विजयी, प्रमुखमा उमाकान्त चपाई र रामकृपाल धोबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

चन्द्रकान्त खनाल/रुपन्देही

जिल्ला समन्वय समिती (जिसस) रुपन्देहीको आज सम्पन्न निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ ।

गठबन्धन बाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपाई २० मत ल्याई विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याउनु भएको छ । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याउनु भयो ।

ADVERTISEMENT

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी हुनुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?