ईश्वर पोखरेलको प्रश्नः एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं 

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) लाई पत्र लेखेको बारेमा आफू जानकार नभएको बताउनु भएको छ ।

भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताउनु भए लगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताउनु भएको हो ।

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गर्नुभयो, ‘एसपीपीबारे सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि, पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

ADVERTISEMENT

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड गर्नुभएको छ । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उहाँको माग छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पराराष्ट्र मन्त्री नारायण खड्काले ‘एसपीपीको च्याप्टर क्लोज’ भइसकेको’ र प्रधानसेनापति शर्माले एसपीपीको सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरलेले थप आशंका गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?