बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रमा जोड दिएको छ : डिला संग्रौला

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दावी गर्नु भएको छ ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद संग्रौलाले कर बढेकोलगायतका विषयमा सभामुख अग्नीप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नु भएकोले त्यस्ता विषय कार्यान्वयन गरेर जान सम्बन्धित मन्त्रीहरु समक्ष हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

ADVERTISEMENT

उहाँले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाई नहुने तर्क समेत गर्नु भयो । सांसद संग्रौलाले भन्नुभयो, ‘कर बढी राख्या छ । यी विषयहरु सबै संसदमा उठेका छन् । सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । अहिले माननीयहरुले उठाएको कुरामा पनि सभामुखले रुलिङ गर्नु भएको छ । सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’

सांसद संग्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?