भोजपुरका सात पालिका प्रमुखलाई सपथ, दुई प्रमुख अनुपस्थित

Read Time = 3 mins

भोजपुर । भोजपुरका नौ वटा स्थानीय तह मध्ये सात पालिका प्रमुखहरुले शुक्रवार सपथग्रहण लिनु भएको छ । २ नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका प्रमुख बाहेकका अन्य पालिका प्रमुखहरुले मुख्य निर्वाचन अधिकृतसँग सपथग्रहण लिनु भएको हो ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीश समक्ष सपथग्रहण गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश गेहेन्द्रराज पन्तसँग पालिका प्रमुखहरुले सपथ लिनु भएको छ ।

भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, आमचोक गाउँपालिका प्रमुख अशोक राई, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका प्रमुख थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका प्रमुख सरोज बस्नेत, पौवादुङमा गाउँपालिका प्रमुख किरण राई र साल्पासिलिछो गाउँपालिका प्रमुख दौलथ कुलुङले सपथ ग्रहण गर्नु भएको छ ।

ADVERTISEMENT

जिल्लाको उत्तर षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदास र अरुण गाउँपालिका प्रमुख शालिकराम खत्रीले भने शुक्रवारको सपथग्रहण कार्यक्रममा उपस्थित हुनु भएन । भोजपुरमा ३ पालिका प्रमुख कांग्रेस, २ पालिका माओवादी केन्द्र, ३ पालिका एमाले र १ पालिका प्रमुख स्वतन्त्र हुनुहुन्छ ।

भोजपुर नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा भोजपुर नगरपालिका भित्रका निर्वाचित जनप्रतिनिधीहरुलाई बिजय भएको प्रमाण पत्र समेत बितरण गरिएको थियो भने भोजपुर नगरपालिका प्रमुख आलेले निर्वाचित उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुलाई सोही कार्यक्रममा सपथग्रहण समेत गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?