रामारोशनकी उपाध्यक्ष रावल गर्भवतीलाई कोसेली बाँड्दै

Read Time = 2 mins

अछाम । रामारोशन गाउँपालिकामा उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत गर्भवतीलाई कोसेली दिइएको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले घरघर पुगेर गर्भवतीलाई कोसेली दिनुभएको हो । उहाँले सात वडाका तीन सय जना गर्भवतीलाई कोसेली दिनुभएको हो ।

उहाँका अनुसार हरेक गर्भवतीलाई एक क्रेट अण्डा, दुई लिटर तेल, कोल्केट, व्रस, साबुन, नुन, निलकट, झोला लगायतका कोसेली दिइएको हो ।

उपाध्यक्ष रावल गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको बाटुलासैनका रमिला विष्टले बताउनुभयो । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

उपाध्यक्ष रावलले गर्भवती मात्रै नभएर एकल महिला, गरिब महिला र दलित समुदायका महिलाई स्वारोजगार कार्यक्रमका लागि तालिम पनि दिनुभएको छ । पाँच बर्षको अबधिमा उहाँले प्रतिबद्धता अनुसार काम गरेको रामारोशनका जनताले बताएका छन् ।

उपाध्यक्ष रावलले सिलाइ कटाइदेखि प्रधामन्त्री रोजगार कार्यक्रममा समेटेर महिलालाई रोजगारी दिनुभएको छ । उपाध्यक्ष रावलले पाँच बर्षको कार्यकालमा जनताको साथमै रहेर जनताका आवश्यत्ता अनुसार काम गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज