सिमकोट
हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।
सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहनुभएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताउनुभयो ।
उहाँ साथीको कोठामा मृत फेला पर्नुभएको थियो । झ्याल-ढोका बन्द रहेको र उहाँ भूइँमा मृत फेला परेको ओझाले बताउनुभयो । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता