भोजपुर । संखुवासभाको पाँचखपन नगरपालिकामा पौडी खेल्नेक्रममा डुवेर बालकको मृत्युु भएको छ । पाँचखपन नगरपालिका वडा नम्बर ३ बस्ने चन्द्रशेखर राईका १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता