काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि नायिका रेजिना उप्रेतीले अध्यक्षमा आफ्नो प्यानलसहित घोषणा गर्नुभएको छ । यही चैत ४ गते हुने चुनावका लागि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो समूहको उम्मेदवारहरूको नाम सार्वजनिक गर्नुभएको हो ।
रेजिना अध्यक्ष रहेकोे समूहमा दुई उपाध्यक्ष उम्मेदवारमा शिवहरि नेपाल ‘बैरागी’ र सरिता गिरी रहनुभएको छ । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा विनोदकुमार भट्टराई रहनुभएको छ ।
त्यस्तै यो समूहको कार्यसमिति सदस्यहरूको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङ्तान (बुद्धिमान), नितु कोइराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) ईश्वर बल्लभ उप्रेती, भीमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसाईं रहनुभएको छ ।
कार्यक्रममा अग्रज कलाकारहरू मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डँगोल, गीता नेपाल, सम्राट सापकोटा, सीताराम पोखरेल लागयतकाको उपस्थिति रहेको थियो ।
अढाई दशकदेखि आफू अभिनेत्रीको रूपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समूहसहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले बताउनुभयो ।
आफ्नो समूहको चुनावी घोषणपत्रसमेत उहाँले कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोहीअनुसार काम सुरु गर्ने बताउनुभयो । उहाँले विभिन्न ११ शीर्षकमा करिब ३० वटा योजना सार्वजनिक गर्नुभएको छ । संघको अध्यक्षका लागि रेजिनासँगै विशिष्ठ कलाकार मोहन निरौलाले उम्मेदवारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements