काठमाडौं । चलचित्र ‘सरी मम्’को विशेष शो गरिएको छ । काठमाडौं प्याब्सनको आयोजनामा चलचित्र विकास बोर्डमा विशेष शो गरिएको हो । लागूऔषध दुव्र्यसन रोकथाम सहचेतना कार्यक्रमसँगै जनचेतनामूलक चलचित्र भएकाले ‘सरी मम्’को विशेष शो गरिएको बताइएको छ ।
काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षितज्यूको सभापतित्वमा सम्पन्न उक्त विशेष शो कार्यक्रममा प्याब्सन केन्द्रका अध्यक्ष डि.के ढुंगाना प्रमुख अतिथि रहनु भएको रहेको थियो ।
चलचित्र हेरिसकेपछि सहभागीले ‘सरी मम्’ राम्रो लागेको प्रतिक्रिया दिएको थिए । प्याब्सन केन्द्रका अध्यक्ष ढुंगानाले यस चलचित्र आफूलाई अत्यन्त मन परेको र एकदमै सन्देशमूलुक रहेको बताउँदै यो चलचित्र सम्पूर्ण विद्यार्थीलाई देखाउनुपर्ने राय व्यक्त गर्नुभयो । चलचित्रमा कथा निर्माता विनोद लामा तामाङ र खेमराज अधिकारी रोजिता तामाङ छ भने निर्देशन नवीन बोगटिको छ ।
चलचित्रको मुख्य भूमिकामा सरिता लामिछाने, सरोज खनाल, एलिस राई, प्रभात पाल, प्रेबिल कँडेल, युनिसा बजगाईं, रेजिना मगर, बिहान श्रेष्ठ, आर.बि कटुवाललगायतका रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा