बुटवल । रुपन्देहीको देबदहमा महिला स्वास्थ्य स्वयमसेविकालाई एडभान्स तालिम दिन सुरु भएको छ । तालिम एक महिनासम्म चल्नेछ ।
लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिमको आयोजना गरिएको हो ।
रुपन्देही र नबलपरासी जिल्लाका स्थानीय तहका १० जना महिला स्वयमसेविका सहभागी तालिमको प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले शुभारम्भ गर्नु भयो ।
तालिममा शुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिम दिन थालिएको बताउनु भयो ।
स्वयमसेविकाहरूले हालसम्म भिटामिन, जुुकाको औषधी र पोलियो थोपा खुवाउनेमात्र काम गर्दै आएका थिए । तर अब उनीहरूले नसर्ने रोगका बिषयमा पनि जानकारी लिनुपर्ने भएको छ । यो तालिम त्यसैको लागि हो । पछिल्लो समय जिल्लामा कुष्ठरोग बढी देखिन थालेको छ ।
निर्देशक चौधरीले तालिमले सीप तथा ज्ञान अभिवृद्धि गरी समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व जस्ता महत्त्वपूर्ण काममा सहता ल्याउने बताउनु भयो । उहाँले तालिम लिएपछि आफ्नो क्षेत्रमा छुटै पहिचाहन बनाउन स्वयमसेविकालाई आग्रह गर्नु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता