शिक्षण पेशासँगै मौरी पालन व्यवसाय

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । शिक्षण पेशासँगै गुल्मीका एक शिक्षक मौरी पालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समय पछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ ।

अर्यालले वि.सं.२०६३ सालमा एक घार मुढो मौरीसहितको ५५० रुपियाँमा खरिद गरि ल्याएर मौरी पालन व्यवसाय पनि सुरु गर्नुभयो । वि.सं.२०६४ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट मौरी पालन सम्बन्धि सात दिने आधारभूत तालिम लिएलगत्तै मौरी पालन व्यवसायलाई वृहत्तर रुपमा लैजाने सोंच बनाएको उहाँले बताउनुभयो ।

उमेरले ४१ वर्ष पुग्नुभएका अर्यालले मौरी पालन व्यवसायलाई वृहत्तर रुपमा अगाडी बढाउनका लागि सिमिचौर रैयामा भगवती मौरी पालन विकास स्रोत केन्द्र नामक फार्म नै सञ्चालन गर्नुभयो । “मौरी पालनको लागि मौरी विकास शाखा गोदावरीमा २९ दिने आवासीय तालिम लिएपछि दुई वर्षको समयमा एक गोलाबाट मौरीलाई विस्तार गरेर दश गोला पु¥याएको हुँ ।” उहाँले भन्नुभयो, “त्यतिबेला मेरो शिक्षण पेशा मुसिकोटमा थियो । सोंचेजस्तो मौरीको गोला विस्तार हुन सकेन् । वि.सं.२०६९ पश्चात् घर पायक पर्ने गरि सरुवा भएर आइसकेपछि मौरीको गोला विस्तारसँगै मह उत्पादन पनि हुन थाल्यो ।” त्यस समयमा वार्षिक एक क्वीन्टल मह उत्पादन भएको थियो ।

वि.सं.२०७० सालदेखि अर्यालले मौरी पालन व्यवसायमा अझ बढि सक्रिय भएर लागेको बताउनुभयो । यता, कृषि क्षेत्रमा सक्रिय हुँदै गर्दा विद्यालयमा अध्यापन कार्यलाई पनि त्यत्तिकै चाँसो दिएको उहाँले बताउनुभयो । पूर्णरुपमा अहिले स्थानीय स्तरमै गोला तथा मह घरबाट नै विक्री गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । अर्यालले कृत्तिम रानी उत्पादन सम्बन्धि तालिम समेत लिनुभएको छ ।

ADVERTISEMENT

“दुई सिजन (बसन्त र शरद) मा मौरीको जन्य उत्पादन बढि हुन्छ । बसन्त ऋतुमा गोला विस्तार एवम् शरद ऋतुमा मह उत्पादन हुन्छ । विगत तीन/चार वर्षदेखि सोंचेजस्तो मह उत्पादन भएको छैन् ।” उहाँले भन्नुभयो,“अहिले पनि मह उत्पादनमा शून्य भएको छ । असोज महिनामा धेरै वर्षा भएको थियो । त्यस्तै, यहाँ मैन पुतलीको ठूलो प्रकोप समेत छ ।”

अहिले जम्मा बीस माउँ गोला रहेको छन् । यसलाई फागुन लागेपछि गोला विस्तार गर्ने उहाँले बताउनुभयो । त्यतिमात्र होईन आँप, लिंची र कटरको बगैंचा समेत छ । दुई भैंसी, एक बाख्रा र एक माछा पोखरी समेत छ । अर्यालको परिवारमा ७५ वर्षिय बुवा, ७३ वर्षिय आमा, ३९ वर्षिय श्रीमती र तीन छोराछोरी हुनुहुन्छ । उहाँका छोराछोरी तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस र महेन्द्र नमूना माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

प्रकृतिमा खेर गइरहेको पुष्परसबाट मौरीजन्य उत्पादन (मह) संकलन गरि आम्दानी लिनका लागि शिक्षण पेशासँगै यो व्यवसायलाई अगाडी बढाएको उहाँले बताउनुभयो । मानिसले प्रकृतिसँग रम्न र सामाजिक बन्न पनि मौरीबाट सिक्ने अवसर मिल्ने उहाँको भनाई छ । सबै खर्च कटाएर यसबाट वार्षिक तीन/ चार लाख आम्दानी हुन्छ ।

आवश्यक परे मौरी पालन सम्बन्धि ज्ञान प्रदान गरिने उहाँले बताउनुभयो । अर्याल रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा रहेको भगवती माध्यमिक विद्यालयको प्रावि तहको स्थायी शिक्षक समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज