उदयपुरको त्रियुगा नगरपालिकामा निर्माणाधिन सभाहल निर्माणको कामले पायो तिब्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा निर्माणधिन सभाहल निर्माणको कामले तिब्रता पाएको छ ।

बिगत दुईवर्षदेखि काम रोकिएको सदरमुकाम गाईघाटको ‘त्रियुगा मदन भण्डारी सभा भवन तथा अतिथि गृह’ निर्माण दोस्रो फेजको बजेटको व्यवस्थासंगै निर्माणको काम शुरु भएको हो ।

दक्षिणतर्फको माथिल्लो तलाको छत ढलान र सभाहलमाथिको ट्रस प्रविधिको फलामे छानो हाल्नेलगायत रंगरोगन र झ्यालढोकाको काम मात्र बाँकी रहेको भवन थप बजेट र अन्य प्राविधिक कारणले निर्माण कार्य रोकिएको थियो ।

आयोजना कार्यालयका इन्जिनियर सुशील चौधरीले भवन निर्माण डेढवर्षभित्र सम्पन्न गरिसक्ने गरी सुनकोसी कन्स्ट्रक्सनले ठेक्का लिएको बताउनुभयो ।

ADVERTISEMENT

इन्जिनियर चौधरीका अनुसार गत मंसिर १३ गते सम्झौता गरेर २०८० साल जेठ १४ गतेभित्र योजना सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ ।

भवन निर्माणको दोस्रो फेजका लागि आयोजना कार्यालयले मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १८ करोड २ लाख १६ हजार १ सय ९१ रुपैयाँमा ठेक्का लागेको छ ।

आयोजना कार्यालय राजबरिाजका प्रमुख डिई सचिन्द्र देवसंगै त्रियुगा नगरपालिकाका मेयर बस्नेतले निर्माणधिन सभाहलको स्थलगत निरीक्षणका गर्नुभएको थियो ।

अनुगमन गर्दै मेयर बस्नेतले नगरपालिकाकै महत्वपूर्ण मानिएको योजना भएको हुँदा नगरपालिकाले गर्नुपर्ने सबैखाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजको रेखदेखमा निर्माणाधीन भवन दुईवर्षअघि नै पहिलो फेजको काम सकिएर बजेट अभावले रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?