प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन: योगेश भट्टराई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले गठबन्धन छाडेर हिड्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताउनुभएको छ ।

राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहनुभएका भट्टराईले पुस १० गते उहाँलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताउनुभएको हो ।

ADVERTISEMENT

नेकपा एमालेसँग गठबन्धन तोडेर जानुभएका प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उहाँको भनाइ छ ।

‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भन्नुभयो, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिडनु भयो, प्यासेन्जरलाई दुस्ख दिनु भयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज