नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । लिखित सहमति खोज्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

ADVERTISEMENT

शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत लिनु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज