काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।
राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।
राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements