प्रमुख प्रशासकीय अधिकृत फेरबदल नगर्न मन्त्रालयलाई पत्र

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको पाटन नगरपालिकाले पुरानै प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता दिन माग गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । शुक्रबार मन्त्रालयलाई पत्र पठाउदै नगरपालिकाले साउन यता जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन माग गरेको हो ।

मन्त्रालयले यहि फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रकाश पाण्डेयलाई खटाउने निर्णय गरेको थियो । तर, नगरपालिकाले भने पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नै निरन्तरता दिन भन्दै पत्र पठाएको हो ।

नगरपालिकाले मन्त्रालयमा पेस गरेको पत्रमा चालु आर्थिक वर्षमा गनुपर्ने कामका विषयमा भट्ट अनुभवी समेत रहेको ठहर गर्दै भट्टलाई निरन्तरता दिन आग्रह गरेको छ । नगर प्रमुख गौरी सिंह रावलले नयाँ कार्यालय प्रमुखको रुपमा आउन लाग्नु भएका सचिव पाण्डेसँग समन्वय गरेर नै पुरानै हाकिमलाई निरन्तरता दिन आग्रह गरिएका बताउनुभयो । ‘नयाँ आउन भनिएका सरसँग समन्वय भएको हो, त्यसपछि हामिले यो पत्र पठायौँ,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

नगर उपप्रमुख कमल सिंह बोहराले भने पहिलो पटक सचिवस्तरको कर्मचारी आउदा सुखद पक्ष रहेको बताउनुभयो । ‘नगर प्रमुख ज्यूले किन पुरानै कार्यालय प्रमुखलाई निरन्तरता दिन खोजको हुन? किन यो पत्र मन्त्रालयमा पठाए उहालाई थाहा होला, मलाई थाहा भएन, तर पहिलो पटक उपसचिवस्तरका कर्मचारी आउदा राम्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो ।

दरबन्दीअनुसारको पहिलो पटक प्रमुख प्रशाकीय अधिकृत पाउँदा अस्वीरकार गरेपछि अहिले नगरपालिकाको चौतर्फी आलोचना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज