भोजपुर । स्थानीय पाठ्यपुस्तक छपाई हुन नसक्दा विद्यार्थीहरुमा अन्यौलता कायम भएको भन्दै नेपाल शिक्षक संघ नगर कार्य समिति भोजपुरले नगर पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेलाई भेटेर नगर समितिले पुस्तक छपाई गरी बिद्यालयहरुमा देखिएको स्थानीय पाठ्यपुस्तकको समस्या समाधान गर्न माग गरेको हो । स्थानीय पाठ्यक्रम निर्माण भएर विद्यालयहरुमा लागु भएको अवस्था पुस्तक भने छपाई हुन नसक्दा बिद्यार्थीहरुमा समेत अन्यौलता कायम भएकाले नगर प्रमुखलाई ध्यानाकर्षण गराईएको सहसचिव नवराज लुईटेलले जानकारी दिनु भयो ।
स्थानीय पाठ्यक्रम उपलब्ध भएपनि सो अनुरुपको पाठ्यपुस्तक उपलब्ध नहुँदा उद्धेश्य पुरा गर्न समस्या भएको, पठनपाठनमा अन्यौलता देखिएको, शिक्षक बिद्यार्थीमा पनि कठिनाई भएको शिक्षक संघ नगर कमिटिले नगर प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नगर समितिले नयाँ शैक्षिक सत्र २०८० बाट स्थानीय पाठ्यक्रम अनुरुपको पुस्तक छपाई गरी बिद्यार्थीहरुको हातमा पुर्याउन पनि नगर प्रमुख आलेसँग माग गरेको छ । स्थानीय पाठ्यपुस्तकका बिषयमा नगर प्रमुखलाई जानकारी गराइएको अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts