निर्माता ओझा र नायिका पोखरेलबीच सम्बन्धविच्छेद

Read Time = 2 mins

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंले उहाँहरूबीचको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो । शल्पाको दाबी पुग्ने गरी आइतबार न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले फैसला गरेको हो ।

योसँगै शिल्पाले छविको सम्पत्तिको आधा भाग पाउने हुनुभएको छ । अदालतले आइतबारै छविको पहिलो श्रीमती हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ ।

ADVERTISEMENT

‘सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु’, सोमबार शिल्पाले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यस कठिन समयमा मलाई बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाइ, भाउजू, साथीहरू, संघसंस्था तथा विशेष सहयोगका लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

योसँगै शिल्पाले छविको आधा सम्पत्ति पाउने हुनुभएको छ । अंशवण्डा नभएसम्म मानाचामल भर्नसमेत ओझालाई आदेश दिएको छ । ओझा नेपाली चलचित्रका पुराना एक सफल निर्माता हुनुहुन्छ भने शिल्पा नेपालीसँगै भोजपुरी चलचित्रमा समेत अभिनय गरेकी अभिनेत्री हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *