राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले बनायो कार्यदल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनलागि चुनावी कार्यदल बनाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार साँझ बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने कार्य दल बनाएको हो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।

ADVERTISEMENT

यसैगरी जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी कार्यदलमा रहनु भएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस,  नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता सहभागी हुनुहुन्थ्यो ।

बैठकमा नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखि अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?