काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।
केही हप्ता अघि पार्टीको नीति र उद्देश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभिायन सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाई बर्खास्त हुनुभएकाे हाे ।
राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरे पछि गत साता एमाले प्रदेश १ कमिटीले उहाँलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसाईलाई बर्खास्त गरिएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts