तीन दलको बैठकः भोलि पुन: बसेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

‍काठमाडौं । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

सिंहदरबारमा बसेको तीन दलको बैठकपछि नेताहरुले भोलि फेरि बसेर राष्ट्रपतिको उम्मेदवारलगायतका विषयमा टुंगो लगाउने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने बताउनु भयो । नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, छलफल चलिरहेको छ, ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’

ADVERTISEMENT

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दलहरुबीच छलफल भए पनि ठोस सहमति भइनसकेको बताउनु भयो ।

'माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने विषयमा छलफल भयो, ज्वालाले भन्नुभयो, 'हाम्रो पार्टीको सचिवालयले कांग्रेस वा अन्य दलहरु सबै राजनीतिक सन्दर्भमा कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार छलफल गरिरहेका छौं ।'
बैठकमा तीनै दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

बिहीबार दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गर्दै आएको छ भने जसपाले उपराष्ट्रपतिका लागि दाबी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज